गजल

हुने भए जोखि दिन्थे, माया कति गर्छु होला
तिम्रै निम्ति बाँचेको छु, नभए त मर्छु होला

काँडा बिना टुसाएको, गुलाब् प्यारो हुन्नहोला
सौन्दर्यको त्यो वदनले, कसको मन छुन्नहोला
काँडा बिच्कै गुलाबलाई, आफ्नो भनी टिपेको छु
तिम्रै काख अंगालोमा, भविष्य यो देखेको छु
हेर्ने भए खोलिदिन्छु, माया कति गर्छु होला
तिम्रै निम्ति बाँचेको छु, नभए त मर्छु होला

जीवन् को यो अध्याँरोमा, हिड्ने एउटै बाटो थियो
उज्यालोमै हिड भनी, बालीदियौ तिम्ले दियो
काँडा थिए भीर थियो, मेघ थियो बाडी थियो
तैपनि मन् खुशी थियो, तिम्रै मिठो साथ थियो
बाटो लामो हिडिसके, अझै लामै हिड्छु होला
तिम्रै निम्ति बाँचेको छु, नभए त मर्छु होला

कष्टादिमा मुस्कान् पा’छु, दुखादिमा हाँसो पा’छु
जीउने कला शनै शनै, तिमीबाट सिक्दै गा’छु
दैनिकीले गलेको म, साँझ पख घर छिर्दा
मुस्कानीलो स्वागतमा, संसारको सुख पा’छु
अजम्बरी पिरतीको, लामै डोरी बाट्छु होला
तिम्रै निम्ति बाँचेको छु, नभए त मर्छु होला

भन्नेले त जे नै भननु, मेरा निम्ति अप्सरा हौ
हर् ठेसमा भर थेग्ने, मेरो आधार तिमी नै हौ
अरु सबले काँडा देख्लान, मेरो निम्ति फूल नै हौ
न ओईलने मखमली, ताजा प्रित तिमी नै हौ
धेरै भन्यौ अझ पनि, आईलब्यु त भन्छौ होला
तिम्रै निम्ति बाँचेको छु, नभए त मर्छु होला

आकासका जुनतारा, टिप्नलाई सक्दिन म
नसकिने कुरालाई, कसम भनी बक्दिन म
जुनीभर्लाई साथ दिउला, अँधेरीमा हात दिउला
जे जे भन्छौ गर्न तयार, तिम्रो लागि थाक्दिन म
प्रेमको यो समर्पणलाई, स्पर्श त गर्छौ होला
तिम्रै निम्ति बाँचेको छु, नभए त मर्छु होला

Share This Post

Leave a Reply