(अ) सफल

(यो कथा मेरो अघिल्लो कथा भगवान! कै दोस्रो भाग हो ।)

(यो कथा मेरो अघिल्लो कथा भगवान! कै दोस्रो भाग हो ।)

रमन गर फर्कदा झमक्क साँझ ढल्केको थियो । चराहरु वचेरालाई चारो लिएर वाशस्थानतिर लाग्दै थिए । घर सुनसान थियो । घरका आमा बाहेक सबै काममा गएछन् । आमा बेलुकाको खानाको तयारीमा लागेकि थिइन् । बाबु पहिल्यै बितेका, आमाले नै दु:ख ज्यालो गरेर सबै केटाकेटी हुर्काकी हुन् । पाको उमेरमा पनि छोराछोरी कामबाट भोकाएर आउलान भनेर खाना बनाएर राखिदिन्छिन् सधै ।

रमन आमाको छेवैमा बस्यो र केही बेर तरकारी काट्न सघायो ।

‘खाना म बनाउँछु, गएर बारीमा पानी हाल,’ आमाले भनिन् ।

केही नबोली रमन जुरुक्क उठेर बारीमा पानी हाल्न गयो । भाडामा लिएको थोरै करेसाबारी भएको घर भए पनि, यो परिवारले त्यस ठाउँलाई निकै राम्ररी सदुपयोग गरेको छ । अलिकति करेसाबारीमा निकै मेहनत गरेर लगाएका तरकारी खानलाई ठीक्क छन् । परिवारको अधिकांश छाक यही करेसाबारीले धानेको छ ।

‘कुकुकुकु कुकुकुकु कोइली करायो । सोर्ह वर्षे जोवनले मनै उडायो,’ रमन गीत गुनगुनाउँदै बारीमा पानी हाल्न थाल्यो । एउटा निकै ठूलो युवायुवतीको समूह उसलाई खोज्दै भित्र पसे ।

‘रमन दाज्यु, नमस्ते,’ प्रेमाले मान्छे देख्ने वित्तिकै परैबाट कराई ।

‘नमस्ते हजुर । पूरै ग्याङ बाधेर छ नि आज । मैले केही विगार गरेको छु र भन्या,’ रमनले ठट्यौली गर्दै भन्यो ।

‘अँ आज तपाईको ढाड नसेकि भ’को छैन,’ कैलाशले उस्तै जवाफ दियो ।

सामाजिक काममा चासो राख्ने युवाहरुको एउटा समूह हो यो । उनीहरुले समूहलाई ‘पोजिटिभ’ नाम दिएका छन् । समाजमा सकरात्मक परिवर्तनका लागि काम गर्ने उनीहरुको धेय हो, उद्देश्य हो । छरछिमेकमा आईपर्ने साना-मसिना समस्याहरुलाई सुल्झाउँन सहयोग गर्नु उनीहरुको अहिलोको मूल कार्य हो । रमनले नै उनीहरुलाई यस्तो सकरात्मक कामका लागि प्रेरित गरेको हो, बाटो देखाउँने काम गरेको हो । उनीहरुको हरेक काममा सहयोग पुर्या,उनु रमन आफ्नो कर्तव्य ठान्छ । आजका युवाले कलिलै उमेरदेखि समाजको विकास र समृद्धिका लागि काम गरे भने कालान्तरमा त्यसले समाज र ती युवाहरुको उज्ज्वल भविष्को परिकल्पना साकार पार्न सकिन्छ भन्ने ठान्छ रमन ।

पोजिटिभ समूह अहिले एउटा खेल प्रतियोगिता आयोजना गर्न जुटेको छ । युवापुस्तालाई खेलकुदमा व्यास्त गराउन पाए उनीहरुले फुर्सदको समयमा गर्ने असामाजिक काममा कमी आउँछ भन्ने उनीहरुलाई लागेको छ ।

‘कार्यक्रम सानो गरे पनि ठूलो गरे पनि, आखिर सल्लाह माग्न त तपाईकैमा आउनु पर्छ । कार्यक्रम कसरी गर्ने र कार्यक्रमका लागि आवश्यक खर्चको व्यवस्था कसरी मिलाउनु भनेर हामी तपाईबाहेक अरु कसलाई पत्याऊँ,’ पुस्करले समूहमै भेट्न आउनुको कारण खोल्यो ।

‘कस्तो के गर्न लागेको हो,’ रमनले सोध्यो ।

‘खेलकुद प्रतियोगिता आयोजना गर्ने सुर कसेको । युवा साथीहरुको फुर्सदको समयलाई सदुपयोग गरौं भन्ने मनसाय हो,’ प्रेमाले थपी ।

‘मैले के गरिदिनु पर्यो त?,’ रमनले मन चोर्योस ।

‘कहाँ गर्ने, कसरी गर्ने, खर्च कसरी जुटाउने, खेल व्यावस्थापन कसरी गर्ने, सबै कुरामा हामीलाई सहयोग गर्नु पर्यो अब । तपाईले नगरे अरु कसले गर्छ?‘ कैलाशले रमनलाई आफै संलग्न भइदिन संकेत गर्यो ।

प्रतियोगिता आयोजना गर्ने बारे निकै बेर छलफल गर्योप रमनले पोजिटिभका सदस्यहरु सित । तयारीका लागि गर्नु पर्ने कार्यक्रमको सूची नै बन्यो । प्रतियोगिताको संयोजन कैलाशले गर्ने निर्णय भयो भने सबै काममा सहयोग पुर्याोउने वचन दियो रमनले ।

खेलाडीहरुको सहभागिता सुनिश्चित गर्ने, कार्यक्रम स्थल खोज्ने र बुकिङ गर्ने अनि खर्च जुटाउने जिम्मा कैलाश र रमन संयुक्त रुपमा लिए ।

करिब तीन घण्टाको छलफल पछि सबै घर लागे । निकै अबेर राती भैसकेको थियो। केही पछि जाने भन्दै कैलाश भने बस्यो । सबै गए पछि कैलाशले रमनलाई भन्यो, ‘दाज्यु, अरु सबै गफ गर्ने मात्र हुन् । लागी परेर काम गर्ने कोही छैन । कार्यक्रम गर्ने निधो गरे पछि यसको सबै काम तपाई र मेरो टाउकोमा आउँछ । तपाईले गरिदिनु भएन भने हाम्रो त नाकै जान्छ ।‘

रमनले कुनै चिन्ता नलिन र सबै काम तालिका अनुसार राम्रो हुने आश्वासन दिएर कैलाशलाई घर पठायो ।

***************
प्रेमा, रमा र शरण अध्यारोमा गफ गर्दै घर लागे । गफको धुनमा निस्केको तिनीहरुको निकै कडा आवाजले अध्यारोलाई चिर्दै बाटो वरीपरीका घरमा पुग्थ्यो । प्रेमा बाहिरी रुपमा काम फत्ते गर्न मात्र रमनलाई प्रयोग गर्नु पर्छ भन्थी । श्रेय भने आफूले लिनु पर्छ भन्थी ।

‘हामी आफै गर्न सक्दैनौ र हरेक पटक केही कार्यक्रम गर्नु पर्योल भने रमनकोमा जानु पर्छ? रमन बाहेक अरु कोही छैन हामीले सोध्ने,‘ प्रेमाले भनी ।

रमाले त्यसमा सही थपी, ‘मलाई पनि मन पर्दैन घरी घरी विन्ति विसाउन रमनकोमा ग‘को । मैले त भनेको कैलाशलाई नजौं भनेर ।‘

शरण केही बोलेन । सुनी मात्र रह्यो । उनीहरुको विरोध गरौं, आफ्नै साथीहरुको कुरा कसरी नकारौं, सही थपौ त रमन जस्तो सहयोगी मान्छे विरुद्ध बोल्नु उचित हैन । कैलाश निकै ठूलो द्वीविधामा पर्योो ।

‘कस्तो लाग्छ शरण तिमीलाई,‘ प्रेमाको प्रश्नले कैलाशको द्वीविधामा अन्योलता थप्यो ।
‘नो कमेन्ट,‘ शरणले त्यत्ति मात्र बोल्न सक्यो ।

रमनको भक्त होला अनि हाम्रो कुरालाई किन ओके भन्थ्यो त,‘ रमाले व्याङ्ग्य कसी ।

‘आफू भन्दा सिनियरबाट कुनै कामका लागि सहयोग लिने कुनै अनुचित काम हुदै हैन । जसले बढी सहयोग गर्छ, दत्त चित्त भएर कार्यक्रम फत्ते गर्न सहयोग गर्छ, जो संग विविध विषयमा ज्ञान छ उसैसित सहयोग माग्ने हो । रमन बाहेक अरु त्यस्तो कोही छ भने त्यहाँ पनि जौं,‘ शरणले बोल्नै पर्ने बाध्यता देख्यो । उसले कसैको विरोध वा समर्थन गर्नु पर्ने आवश्यकता ठानेन ।

‘उमेरले सिनियर हुँदैमा सबै थोक जान्ने हुन्छ र? सिनियरले गर्नु पर्ने व्यावहार पनि त हुन पर्योय नि । हामी चै ऊ भन्दा केमा कम छौं?‘ प्रेमाले रिस पोखी ।

‘मैले चै अहिले सम्म रमन दाज्युले कुनै नराम्रो काम गरेको वा कसैको कुभलो गरेको सुनेको वा देखेको छैन ।‘

‘संसारमा म जति जान्ने कोही छैन जस्तो गर्छ । हामी पनि त केही जान्दछौं होला नि । हामीलाई त्यसले कहिल्यै गन्ती लगाएको छ?‘

शरणले रमन प्रति देखाएको सकरात्मक सोचलाई लिएर तीन जनाविच निकैबेर ठाकठूक पर्योर । भनाभन भयो । रमा र प्रेमा कुनै पनि प्रकारको सहयोग लिन रमनकोमा नजाने भन्न थाले । शरणले त्यसमा कुनै आपत्ति प्रकट गरेन ।

‘त्यो तिमीहरुको विचार हो । म यसो गर वा उसो गर भन्न सक्दिन। तिमेरको विचारमा जे गर्न उचित लाग्छ, त्यो गर्ने तिमीहरुको अधिकार छ । स्वतन्त्रता छ ।‘

*****************

भोलिपल्ट कैलाश बजार जादै गर्दा किरणसित भेट भयो । किरण परिवारै लिएर बजार भर्न ग‘को रहेछ ।

‘किरण दाज्यु, हामीले एउटा खेलकुद कार्यकम गर्न लागेको छौं । तपाईले पनि सहयोग गर्नु पर्योा नि ।‘

‘मैले सकेको सहयोग म गरिहाल्छु नि । तर कस्तो कार्यक्रम गर्ने, कहिले गर्ने कसरी खर्च जुटाउने?‘

‘खर्च जसरी पनि जुटाईदिन्छु भनेर रमन दाज्युले वचन दिइसक्नु भ‘को छ,‘ कैलाशले अघिल्लो दिन रमन सित तयारी बारे भएको छलफल र गरिएको निर्णय बारे विस्तारमा किरणलाई जानकारी दियो ।

कैलाशसित छुट्टिएपछि श्रीमतीले किरणलाई रमन बारे सोधिन । घरबाहिर त्यत्ति नजाने किरणकी श्रीमतीलाई रमनबारे खासै जानकारी छैन ।

‘बुढा निकै जान्ने हुन् । हरेक क्षेत्रमा बुढा अगाडी छन् । समाजका हरेक कार्यक्रममा उनी पुग्छन नै । उनी नपुगेको कार्यक्रममा के पुगेन जस्तो हुन्छ । तर बुढा अलि घमण्डी छन जस्तो लाग्छ मलाई । अर्को दुर्गुण भनेको बुढा अलि आरिसे छन,‘ किरणले श्रीमतीलाई रमनबारे विस्तार लगायो ।

‘जान्ने र सफल मानिसहरु सबैका लागि घमण्डी जस्तो लाग्छन् । म त्यसलाई घमण्ड भन्दिन । त्यो उनीहरुको कामप्रतिको निष्ठा हो । उनीहरुको विश्वास हो । अरुले जसो भन्यो उसै गर्ने मानिस कहाँ सफल भएको उदाहरण छ र,‘ किरण श्रीमतीका कुरा सुनेर अलमल्ल पर्यो ।

‘सक्षम मानिसहरु सिधा कुरा गर्छन् । खस्रा कुरा गर्छन् । मेरो बोलीले कसैलाई पिर्छ कि भन्ने डर नै हुन्न किनभने कुनै काम गर्न उनीहरु कसैको भर पर्नै पर्दैन । असक्षमहरु गुलिया कुरा गर्छन् किनकि आफ्नो काम बनाउन उनीहरुलाई अरुको सहारा लिनु पर्छ । मिठा र गुलिया कुरा नगरे सहयोग गर्ने कोही हुन्न भन्ने डर हुन्छ उनीहरुमा,‘ किरणकी श्रीमतीले निकै दमदार भाषण गरी श्रीमानका अघि ।

‘अँ होला । सबै आफ्ना आफन्त बोलीकै कारण टाढिन थालेपछि सफलताले के नाप्छ? अनि सफलता भनेको धेरैको समर्थन प्राप्त गर्नु, सबैले गुनगान गाउनु हैन र?‘ किरणले श्रीमतीलाइ च्याँखे थाप्यो ।

‘धेरैको समर्थन खोज्नु वा गुनगानको आश गर्नु राजनीतिमा मात्र हुन्छ, अरुतिर त्यति आवश्यक छैन । लगाव, कर्तब्यनिष्ठा र आत्माविश्वास मुख्य हुन । भानु भक्त र लक्ष्मी प्रसाद पनि त्यो बेला कम घमण्डी थिए र।‘

‘भगवानले पनि भनेका छन् नि, सत्य मिठो हुदैन । मेहनत मिठो हुदैन । तर तिनले दिने फल मात्र मिठो हुन्छ । हामी सक्षम र सफल व्यक्तिका व्यक्तिगत व्यवहार मन पराउँदैनौ तर तिनको सफलताको कथाले हामीलाई प्रेरणा प्रदान गर्छ ।”

क्रमश:……………….

Share This Post

Leave a Reply