भोली (कथा)

चिसो हावाले अनुहारमा हानेपछि ह्यारीको तन्द्रा छुट्यो । स्वाचालित विस्तारा अघि नै सिरानी निरबाट फोल्ड हुन सुरु भै सकेछ । ह्यारी विस्तारै भैमा ओर्ल्यो र विस्ताराको किनारामा रहेको स्वीच थिच्यो । सोफा जस्तो बनिसकेको विस्तारा क्रमस: खुम्चिदै अघी बढ्यो र भित्तामा विलायो ।

पल्लो कोठाबाट छोरा ऐशको आवाज सुनियो ‘ड्याड, मेरो स्कुल जान ढिला भयो’ ।

‘उठ बाबु म आए’, उसले उत्तर दियो ।

आमा दोस्रो विवाह गरेर हिडे पछि ह्यारी दुई छोरा पालेर बसेको छ । जागिर र घरको स्याहारले उसलाई निकै नै तङ दिएको छ । तर श्रीमतीले छाडेर हिडेपछि उसमा विवाह प्रति यति विघ्न वितृष्णा जागेको छ कि पुनर्विवाहबारे उसलाई सोचन्न सम्म मन लाग्दैन । जोतिएर सबै थोक भ्याउन तयार छ तर दोस्रो विवाहको लागि तयार छैन ।

टेवलमा राखेको मोबाइल टिप्यो । होम डिभाइस कन्ट्रोल गर्ने एप्स् ‘जिका’ थिचेर सावर माग्यो । विस्तारै भुइको कार्पेट पट्टिएर किनारा लाग्यो र त्यस मुनी रहेको प्लास्टिको सावर ट्युबमा हावा भरिन थाल्यो । हावाले ट्युब तयार हुदा सम्ममा भित्ताबाट निस्केको सिसाको फ्रेमले बाथरुमको आकार तयार पारिसकेको थियो ।

प्रविधिले यति धेरै सुविधा दिएको छ कि ह्यारीले त्यसको भरपुर उपयोग गर्ने प्रयास गरेको छ । यसले उसको जीविकोपार्जनमा सुविधा त थपेको छ नै त्यो भन्दा पनि बढ्दा नयाँ नयाँ प्रविधिबारे छोराहरुलाई वस्तुपरक ज्ञान दिन सहयोग पुगोस भनेर पनि उसले उपलब्ध पछिल्ला प्रविधिलाई घरमा उपयोग गर्ने प्रयास गरेको छ ।

स्वीचको भरमा पानी र सावुन फाल्ने बाथरुममा नुहाईसके पछि ह्यारी बाहिर निस्कियो । जीउ सुकाउने मन तातो हावा र लाउने लुगा तयार थिए ।

‘ऐश, भाई खोई त’ ।

बाबुको आवाज सुन्नु वित्तिकै ऐश र शेष लुगा बोकेर फ्यामेली रुममा दगुरेर आए ।

‘कार अर्डर गर’, ह्यारीले शेषलाई लुगा लगाईदिदै ऐशलाइ अर्हाआयो ।

‘युबर कि टेल्सा, ड्याड’, ऐशले सोध्यो ।

‘टेल्सा, युबरले हिजो पनि ढिला गर्यो ’ ।

ऐशले मोबएलमा टेल्सा एप थिच्यो र कार अर्डर गर्यो् । ’१० मिनटमा एराइभल दियो’ ।

‘द्याट्स सो कुइक’ ।

ह्यारीले ऐशलाई पनि लुगा लगाइदिइ सक्दा फिर्के मसिनले ‘फ्रुट सेक’ तयार पारिदिइसकेको थियो । एक एक ग्लास सेक र दुई दुई फाला ब्रेड केटा केटीले खाई सक्दा नसक्दै गाडी घर अगाडी आएर संकेत बजायो ।

एक – एक बोतल सेक र लु-प्याड हातमा बोकेर केटाकेटी बाहिर निस्किए ।

चालकरहित कारले ढोका खोलिदियो । अरु दुई केटाकेटी पनि त्यहाँ थिए । चार केटाकेटि लिएर कार दौडियो । ह्यारिले त्यही उभिएर निकै बेर कारलाई हेर्योर र सोचमग्न बन्यो ।

उ सानो छदा बाबु आमालाई कति दौड धुप हुन्थ्यो । घरमा एउटा सावर र टोइलेट थियो । सबैले नुहाउनलाई लाइनमा कुर्नु पर्थ्यो । खाजा तयार पार्न कत्रोबेर लाग्थ्यो ।

केटाकेटीलाई तयार पारेर आफै कार हाकेर स्कुलमा पुर्याएर मात्र बाबु आमा जागिर जान पाउँथे । हरेक घरमा दुई देखि तीनवटा कार हुनु आवश्यक हुन्थ्यो । सबैले आ-आफ्नै कार लिएर सडकमा निस्किए पछि सडक यति भीड हुन्थ्यो कि समयमा जागिर पुग्न असम्भव प्राय थियो । जागिरमा रहुन्जेल दिन भर कार पार्किङ गरेको अत्यन्त महंगो फि तिन्नु पर्थ्यो ।

आज त्यस्तो कहाँ रह्यो र । आज न कसैको घरमा कार छ न कसैको हातमा लाइसेन्स । स्वाचालित कारले जीवन शैली र वातावरणमा अभुतपूर्व परिवर्तन ल्याएको । सबै कार कम्पनि आफैले चलाउँछन् । अरुले त सेवा लिए वापत भाडा तिर्ने मात्र हो । स्वाचालित एक कारमा तीन देखी चार जनाले एकै पटक सेवा लिन्छन् । यसले सबैको खर्चमा पनि मितव्यायीता ल्याइदिएको छ भने सडकमा कारहरु कम कुदेका कारण प्रदुषणमा कमी आएको छ, वातावरण राम्रो बनेको छ, हरियाली बढेको छ । अनि आज कहाँ हिजोको जस्तो डिजेल र पेट्रोलले चल्ने कार छन र । सबै ब्याट्रीबाट चल्छन, एक फुक्का धुवा सम्म निसक्दैन ।

यसतै कुराहरु मनमा खेलाउँदै उ घरभित्र पस्यो । उसको लागि पनि टोस्टरले ब्रेड तताईदिइसकेछ । ब्रेड ज्यामर भित्र लागयो । केही बेरमा ज्यामरले जाम, टुना र सलाद लगाएर मजाको बर्गर बनाएर दियो । बस, ह्यारीको बिहानको खाना यति नै ।

अरु दुई ग्लास पानी पिएर जागिरतिर लाग्यो । उहिले बाबुको पालामा जस्तो हिजो आज उसले जागिरको लागि अफिस धाइरहनु पर्दैन । टच स्क्रीन सुविधाको ठूलो टेलिभिजन जस्तै भित्तामा टालेको यन्त्र वालटप नै आजको अफिस हो ।

ठीक ८ बजे यन्र् आफै अन हुन्छ र दिन भर ह्यारीले गर्नु पर्ने भनेर छुट्याइएका कामको विवरण दिन्छ । बस त्यसको आधारमा उसले काम गर्नु पर्छ ।

५ जना क्लाइन्टलाई कल गर्नु पर्ने, गत साता भरको कामको पर्फर्मेन्स रिपोर्ट तयार गर्नु पर्ने, ३ वटा विजिनेस विस्तारको मिटिङ भ्याउनु पर्ने अनि रिजनल मेनेजरहरुको ‘इन टच’ बैठकमा पुग्नु पर्ने आजको क्यालेन्डरले बतायो । इन टच बैठक पहिलो एजेन्डा थियो ।

किरिङरिङ, किरिङरिङ, किरिङरिङ

लुगा लगाएर तयार हुदा नहुदा, भित्ते यन्त्रले समय भएको संकेत गर्यो । बाहिर कम्पनीको स्वचालित कार आईपुगेछ । घरबाट निस्केर ढोकाकै समीपमा रहेको ‘टच आइडी’ मा बुढी औंलाले थिचेर ह्यारी घर बन्द गर्योि र कारमा पस्यो ।

‘इन टच’ मिटिङमा पुग्न करिब आधा घण्टा लाग्ने रहेछ । यो समयको सदुपयोग गर्न एउटा विजिनेस विस्तार मिटिङको लागि साथीहरु कारमै थिए । कार बैठक सुरु भयो ।

‘जापानको क्योटो केन्द्रले राम्रो उपलब्धि गर्न सकेन । जुनिचिरोको बदला अर्कै मेनेजर नियुक्त गर्नु पर्छ,’ सामले प्रस्ताव राख्यो ।

‘जुनिचिरोले काम नगरेको हैन । अरु कम्पनिले हामी भन्दा राम्रो रणनीति बनाएका हुन् । हामीले बजार रणनीतिको पुनर्मुल्यांकन गर्ने कि?’ ह्यारीले जवार दियो ।

‘गएको तीन महिना हाम्रो एप्सको पेमेन्ट सिस्टममा देखिएको गडबडीले गर्दा पनि ग्राहकहरु अन्यत्र गएको हुन सक्छ’, जमीमको तर्क रह्यो । ‘कैयौ पटक ग्राहकको टच आइडीलाई हाम्रो सिस्टमले स्वीकार गर्न नमानेको आईटीको रिपोर्ट छ’ ।

ह्यारीले कारमै रहेको टच स्क्रीन वालटप खोल्यो र ‘अन एक्सेप्टेड पेमेन्ट लग’ हेर्यो । गएको तीन महिनामा जापानबाट खरिदका लागि गरिएका १२ लाख प्रयासहरु असफल भएका रहेछन् ।

सबैले यो समस्यबारे तुरुन्त केन्द्रीय बोर्डमा खबर गर्ने र समाधानका लागि आईटी विभागलाई निर्देशन दिने निर्णय गरे ।

‘इन टच’ मिटिङको स्थान आइपुगेको कारले संकेत गर्योा । कार रोकियो, ढोका खुल्यो । ह्यारी ओर्लियो । अरुलाई लिएर कार फेरी दौडियो ।

********

बिहानको मिटिङ सकेर कारले ह्यारीलाई घरमा पुर्यालउदा खाजाको समय भैसकेको थियो । सदा झै उ आइपुगेको केही बेरमा ‘पिज्जेरिया’ को ड्रोनले खानाको पार्सल ढोकामा राखेर फर्कियो ।

खाना खादै ह्यारीले तीन वटा काइन्टलाई कल गर्यो अनि एउटा भर्चुअल मिटिङ पनि सकायो ।

कामको निरन्तरतालाई फुर्सदमा बदल्दै ह्यारीले ग्र्याडप्रो सफ्टवेयरलाई माइसन गर्यो र नेटटिक्स् खोल्यो । हिजो सानो छदा रिमोटबाट चल्ने अनि तार जोडेर लाउन्ज रुममा फाल्टै टिभी राख्नु पर्ने दिन धेरै अघि गैसकेका थिए । न त महंगो पैसा तिरेर फक्सटेल नै सब्सक्राइब गर्नु पर्छ आज । निजी काम, जागिरको जिम्मेवारी, टीभि र पर्सनल कम्प्युटर सबैको काम त्यही एउटा वालटपले गर्छ । लाइफाईबाट इन्टर्नेट चल्छ । फोल्ड गरेर झोलामा बोकेर हिड्न पनि मिल्छ ।

‘टङङङङङङ’

बच्चाको स्कुल छुट्टी भएको मेसेज मोबाइलमा आइपुग्योो । ह्यारीले खाना बनाउने मेसिनको रिमोर्ट थिच्यो । १५ मिनटमा स्वाचालित कारले ऐश र शेषलाई घरमा ल्याइपुर्यानउदा मेसिनले गहुको सुख्खा रोटि र टमाटरको मीठो चटनी तयार पारिसकेको थियो ।

दुबैले स्कुलको लुगा फेरे, लु-प्याड टेवलमा फालेर रोटी र चटनी मीठो मानेर खाए ।

बाहिर अर्को कार आएको खबर ह्यारीको मोबाइलमा आयो ।

‘योर क्रिकेट कार इस हेयर । गेट रेडी’, ह्यारीले छोराहरुलाई अर्हा यो ।

दुबै केटाहरु बुरुक्क उफ्रेर कारमा पुगिहाले । क्रिकेट दुबैको मन पर्ने खेल हो । हेर्नेलाई पनि मज्जा, खेल्नेलाई पनि मज्जा । ह्यारीले सम्झ्यो, ‘हिजो बुबाको पालामा जस्तो पाँच दिन सम्म दिनभरी दिनभरी बसेर क्रिकेट हेरने फुर्सद कसलाई छ र आज । अहिले त १०-१० ओभरको खेल टी-टेनले दर्शकलाई निकै आकर्षित गरेको छ । धेरै दर्शकहरु कामको लन्च समयमा खाना संगै क्रिकेटको मजा लिन्छन् ।

‘ड्याड ! आइ वील गो लाइभ अन माई पीटी,’ ऐशले आफ्नो खेल उसको पर्सनल टिभी च्यानलमा लाईभ टेलिकास्ट गर्ने जानकारी बुबालाई दियो ।

************

साँझ खेल सकेर केटाहरु घर फर्कदा ह्यारी जागिर सकेर गार्डन डिनरका लागि तयारी गर्दै थियो । केटाहरु सावरतिर लागे, ह्यारीले टेवल-चेयर र लाइट तयार पार्योु ।

बाबु छोरा दिनभरीको व्यास्तताबारे गफ गर्दै गार्डेनमा बसेको केहि बेरमा ‘म्याक फूड’ को ड्रोनले गार्डनमै खाना डेलिभर गरिदियो । दिनभरीको व्यस्तता र भोलीको योजना बुन्दै उनीहरु खाना तिर लागे ।

Share This Post

Leave a Reply