त्यो परि

कालो मैलो वरपर अनी पाल त्रीपाल कालो
बाँस्का भाटा सबतिर छिरी बल्दथ्यो त्यो दियालो

पानी पर्दा सब खलललै बग्थ्यो ओछ्यान भित्र
साँझै पर्दा जुन टह टही पस्दथ्यो छ्यान भित्र

भाटाका ती थिए कुटी अनी बाँसकै ती मकान
लेख्ने पढ्ने अनि टसक बस्ने बाँसकै भो त काम

यस्तै बाँस बिच रहरको प्यासको फूल् पलायो
हेर्दा हेर्दै बनि अनि ठुलो देह पो झन् जलायो

लामा लामा ती सुरसिला पानका पात जस्तै
राता ताता ती विरसिला प्यासका आश जस्तै

सेता दन्तै चहचह अघी वेगको आश गर्दै
भन्थे आओ नवयवन हो रागको प्यास बुन्दै

ओठ्का भाका सबतिर थिए चक्षुका शान उस्तै
काला तीखा मृग नयन ती चिर्दथे मन् चसक्कै

जोरी खेल्थे मकनसित् अहो लालि पोतेका गाला
ईत्री रन्थे हरक्षण यहाँ शीव भक्त ति प्याला

हाँस्दा खुल्थे दरशन रति मोती बिर्साउने दात
हाँसो संगै मन बहकिने थियो जीवन्को साथ

औधी राम्रा छुनुमुनु गरी केशका राशि भित्र
खेल्दै घुम्दै मथपरिक्रम गर्थे औला विचित्र

चुच्चो वक्ष बटन कसिलो तान्दथ्यो मन् भुसुक्कै
पानी पानि बनिकन त यो बस्दथ्यो तन् टुसुक्क

वक्षे भन्थ्यो करकमल हे आइजा मस्त भैजा
चित्तै भन्थ्यो सबकन बुझी हात माथि न लैजा

दिनै वित्थै मुखभरि भ’को थूकको लुम्स निल्दै
जीवन् वित्थ्यो परम इशको नामको नाम जप्दै

(छन्द: मन्दाक्रान्ता)

Share This Post

Leave a Reply